यस क्याम्पसमा शैक्षिक सत्र २०७८ मा BBA/BIM/BBM/BBA-Finance अध्ययन गर्न चाहने विद्यार्थीहरुले त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयबाट लिइएको CMAT परीक्षा उतिर्ण गरी 10+2 मा ६०% वा कम्तीमा CGPA २.४१ तथा कक्षा ११ र १२ को प्रत्येक विषयमा ‘C’ ग्रेड  वा सो भन्दा माथिको ग्रेड प्राप्त गरेका विद्यार्थीहरुबाट मिति २०७८।१०।१८ गते देखि २०७८।१०।२४ गते ११:०० देखि ३:०० वजे सम्म आवेदन दस्तुर रु १०००/- तिरी आवेदन  दिन सूचित गरिन्छ ।

आवेदन साथ निम्न कागजातहरुको फोटोकपी संलग्न गर्नु पर्नेछ ।

 

1.            10+2 को ट्रान्सक्रिप्टको फोटोकपी ।

2.            10+2 को चारित्रिक प्रमाण पत्रको फोटोकपी ।

3.            SEE को लब्धाङ्क पत्रको फोटोकपी ।

4.            SEE को चारित्रिक प्रमाण पत्रको फोटोकपी ।

5.            CMAT Scoresheet को फोटोकपी ।

 

 

                छात्रवृत्ति सम्वन्धि व्यवस्थाः

नेपालका सरकारी तथा सामुदायीक विद्यालयबाट SEE तथा 10+2 अध्ययन गरेका विद्यार्थीहरु मध्ये व्यवस्थापन संकाय, डीनको कार्यलयको नियमानुसार छात्रबृत्ति दिइने व्यवस्था भएकोले त्यस्ता विद्यालयवाट अध्ययन पुरा गरेका, र  छात्रवृत्तिको लागि इच्छुक विद्यार्थीहरुले छात्रबृत्तिको लागि समेत डिनको कार्यालयवाट तोकिएको ढाँचाको फारम भरी आवेदन दिन सूचित गरिन्छ । साथै त्यस्ता विद्यार्थीहरुले आवेदनको साथ उक्त विद्यालय सरकारी वा सामुदायिक भएको गाउपालिका वा नगरपालिकाको सिफारिस पेश गर्नु पर्ने छ ।

               

 

 

 

 

रमेश कुमार पौडेल

सदस्य सचिव

विशेष कार्यक्रम परीक्षा समिति

Attachments

01/31/2022
SN. Name Download }}
1 Form Notice 2078.jpg