२०७८।१०।१०

 

सूचना

 

त्रि.वि., रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाद्वारा मिति २०७८ माघ ९ गते जारी सूचना अनुसार माघ ११ गते देखि सम्पूर्ण कक्षाहरु अनलाइन माध्यमबाट सञ्चालन गर्न भनिएकोमा  यस क्याम्पसका एम . वि. एस. तह (प्रातः र साँझ) तेश्रो सेमेष्टरका कक्षाहरु मिति २०७८ माघ १६ गते पूर्व प्रकाशित भौतिक कक्षा तलिका अनुसार अनलाईन माध्यम (office 365 MS Teams) बाट कक्षा सञ्चालन हुने तथा प्रथम सेमेष्टरका कक्षाहरु त्रि. वि बाट office 365 MS Teams को  Password र User ID उपलब्ध भए पछि सञ्चालन गरिनेछ र वि. वि. एस. तहका बाँकी रहेको कक्षाहरु २०७८ माघ १६ गते देखि पूर्ववत अनलाइन कक्षा तालिका अनुसार सञ्चालन हुने व्यहोरा सम्विन्धित सबैका  लागि यो सूचनाद्वारा सूचित गराईन्छ ।

 

पुनश्चः

१.अनलाइन कक्षाका लागि MS Teams को Password कुनै कारणबस Block भएको खण्डमा आफ्नो नाम, रोल नं. र MS Teams USER ID उल्लेख गरी निम्न  बमोजिमको email मा पठाउनको लागि सम्वन्धित विद्यार्थीहरुलाई सूचित गरिन्छ ।

  • एम.वि.एस. तेश्रो सेमेष्टर– mbs2076@shankerdevcampus.edu.np
  • वि.वि.एस. प्रथम वर्ष – sdcbbs2077@gmail.com
  • वि.वि.एस. दोश्रो वर्ष – sdcbbs2076@gmail.com
  • वि.वि.एस. तेश्रो वर्ष – sdcbbs2075@gmail.com

२. एम वि.एस प्रथम सेमेष्टर २०७७ समूहका विद्यार्थीहरुले त्रि.वि.बाट उपलब्ध गराइने MS Teams को  User ID र Password प्राप्त गर्नका लागि निम्नानुसारको आ–आफ्नो विवरण अनिवार्य भरी mbs2077@shankerdevcampus.edu.np मा यथाशिघ्र पठाउन सूचित गरिन्छ ।

  • Student Name
  • Phone Number
  • Email Address
  • Campus Roll No.

 

क्याम्पस प्रमुख