३ वर्षे र ४ वर्षे वि.वि.एस. प्रथम वर्ष २०७७ सालकोे परीक्षा आवेदन फाराम भर्ने सूचना

२०७८।०१।०२

 

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७७।१२।३१ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा संचालन हुने ४ वर्षे वि.वि.एस. तह प्रथम वर्षको परीक्षा दिने यस क्याम्पसका नियमित तथा आंशिक परीक्षार्थीहरू र ३ वर्षे वि.वि.एस. तहमा समय सिमा नाघेका परीक्षार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एक पटकको लागि मौका परीक्षामा सहभागी हुने यस क्याम्पसका परीक्षार्थीहरूले मिति २०७८ साल बैशाख २५ गतेसम्ममा र दोब्बर दस्तुर बैशाख ३१ गतेदेखि एक हप्ता भित्र परीक्षा आवेदन फाराम भरी दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक परीक्षा शुल्क सहित बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

 

परीक्षा फाराम बुझाउँदा ध्यान दिनुपर्ने कुराहरु :

१) परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरि सबै प्रकृया पु¥याई आफैंले बुझाउनु पर्नेछ ।

२) परीक्षार्थीहरूले त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारामको निर्दिष्ट स्थानमा अनिवार्य रुपले उल्लेख गर्नु पर्नेछ । 
     त्रि.वि. रजिष्ट्रेशन स्लिपको फोटोकपी परीक्षा आवेदन फारामसंगै संलग्न गर्नु पर्नेछ । अन्यथा परीक्षा आवेदन फाराम स्विकृत हुने छैन ।  

३) परीक्षा फाराममा हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो टांस गर्नु पर्नेछ । परीक्षा संचालन अवधिसम्म प्रवेश पत्र प्रतिलिपी लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नु पर्नेछ ।

४) आंशिक परीक्षार्थीहरूले गत वर्षको परीक्षा सिम्वोल नं. र परीक्षा वर्ष परीक्षा आवेदन फारामको शिरमा वा फाराम पछाडी निर्दिष्ट स्थानमा अनिवार्य रुपले उल्लेख गनुपर्नेछ र रुजुको लागि अनिवार्य रुपमा लव्धाङ्कपत्र ल्याउनुपर्नेछ ।  

 

 

   क्याम्पस प्रमुख

Attachments

04/15/2021
SN. Name Download