एम.वि.एस. चौंथो सेमेष्टर, २०७४ समूहको निःशुल्क छात्रवृत्तिको अन्तरवार्ता सम्वन्धी सूचना

२०७७।०९।१९

 

यस क्याम्पसको एम.वि.एस. चौंथो सेमेष्टर, २०७४ समूहको निःशुल्क छात्रवृत्तिको लागि आवेदन दिने आवेदकहरुको अन्तरवार्ता निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको दिन र समयमा अन्तरवार्तामा सम्मिलित नहुने विद्यार्थीहरुलाई अर्को दिन अन्तरवार्तामा समावेश नगराइने व्यहोरा समेत जानकारी गराइन्छ ।

 

अन्तरवार्ता हुने दिनहरु :

मिति २०७७ माघ ४ गते : आवेदन दर्ता नं.  ०१   देखि १०० सम्म

मिति २०७७ माघ ५ गते : आवेदन दर्ता नं. १०१ देखि २०० सम्म

मिति २०७७ माघ ६ गते : आवेदन दर्ता नं. २०१ देखि माथि सबै ।

 

अन्तरवार्ता हुने समय र स्थान : दिनको १२ः०० बजेदेखि २ः०० बजेसम्म, कोठा नं. A 301  र  A 302

अन्तरवार्तामा आउँदा ल्याउनु पर्ने कागजातहरु :

१) सम्वन्धित तह/सेमेष्टरको क्याम्पस भर्ना रसिद ।

२) नेपाली नागरिकताको प्रमाण पत्र ।

३) निःशुल्क छात्रवृत्ति आवेदनको अर्धकट्टी ।

४) सम्वन्धित तह/सेमेष्टरको विद्यार्थी परिचय पत्र ।

५) MBS तेश्रो सेमेष्टर नियमित उत्तीर्ण भएको Grade Sheet को सक्कल प्रति ।

६) त्रि.वि. आंगिक वा सामुदायिक क्याम्पस/कलेजबाट स्नातक तह उत्तीर्ण गरेको सम्बन्धित क्याम्पस/कलेजको चारित्रिक प्रमाण पत्रको र सरकारी वा सामुदायिक स्कूलबाट एस.एल.सी. उत्तीर्ण गरेको सम्बन्धित स्कूलको चारित्रिक प्रमाण पत्रको सक्कल प्रति ।

७) दुर्गम/दलित/आदिवासी/जनजाती/समावेशी विद्यार्थीहरूले सम्बन्धित कार्यालयबाट दुर्गम/दलित/आदिवासी/जनजाती/समावेशी को प्रमाण पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।

 

पुनश्च : माथिका कागजातहरु नल्याउने आवेदकहरुलाई अन्तरवार्तामा समावेश नगराइने व्यहोरा जानकारी गराइन्छ ।

 

 

क्याम्पस प्रमुख

 

Attachments

01/03/2021
SN. Name Download