एम.वि.एस. तह २०७४ समूह, चौंथो सेमेष्टर (साँझ) को प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

    २०७६।०८।१०

 

यस क्याम्पसको एम.वि.एस. तह २०७४ समूह, चौंथो सेमेष्टर (साँझ) मा अध्ययनरत विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०७६ साल पुस २ गते बुधबारदेखि निम्न तालिका अनुसार संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । 

      Date                     Subject                                                            Time


2076-09-02      MGT 523 Strategic Management                               4.15 PM – 6.15 PM


2076-09-03      FIN 685 Financial Markets and Institutions                4.15 PM – 6.15 PM


2076-09-04      FIN 689 Investment Management                              4.15 PM – 6.15 PM


 

  • पुनश्च :

१) सबै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका तथा अनुत्तिर्ण भएका विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) हुने हुनाले अन्तिम परीक्षा (Semester End Board परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ ।

२) उपरोक्त परीक्षा कार्यक्रम अनुसार परीक्षामा उपस्थित हुन नसकेका र अनुतिर्ण भएका विद्यार्थीहरूको लागि १ (एक) पटक मात्र पुनः परीक्षाको व्यवस्था गरिनेछ । साथै उक्त पुनः परीक्षामा सहभागी हुन  पुनः परीक्षा शुल्क वापत रु. ५००।– (पाँच सय रुपैया मात्र) अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।   

३) प्रि–बोर्ड परीक्षामा सामेल हुन परीक्षार्थीहरूले चौंथो सेमेष्टरको रिन्यू भएको आफ्नो विद्यार्थी परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ । अन्यथा परीक्षामा सामेल नगराइने व्यहोरा जानकारी गराइन्छ ।

 

संयोजक 
एम.वि.एस. (साँझ) समूह

 

 

         

      

 

Attachments

11/26/2019
SN. Name Download