एम.वि.एस. चौंथो सेमेष्टरकोे मौका परीक्षा (Chance Examination) को परीक्षा फाराम भर्ने सूचना

२०७६।०८।१०

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाको मिति २०७५।०८।०९ गतेको सूचना अनुसार सेमेष्टर प्रणालीको एम.वि.एस. कार्यक्रमको चौंथो सेमेष्टरको  मौका परीक्षा (Chance Examination) २०७६ पुस महिनाको पहिलो सातादेखि संचालन हुने भएकोले उक्त सेमेष्टरको नियमित परीक्षामा अधिकतम दुई विषयसम्म अनुतीर्ण भएका परीक्षार्थीहरूले मात्र आफू सम्मिलित हुन चाहेको विषयहरू स्पष्ट उल्लेख गरी परीक्षा आवेदन फाराम मिति २०७६।०८।२० गते भित्र प्रातः समूहका परीक्षार्थीहरुले विहान ०७ः०० बजेदेखि १०ः०० बजेभित्र तथा साँझ समूहका परीक्षार्थीहरूले साँझ ४ः०० बजेदेखि ५ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक परीक्षा शुल्कसहित बुझाई सक्नुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । साथै चौंथो सेमेष्टरको नियमित परीक्षाको लब्धांक पत्रको प्रतिलिपी अनिवार्य रुपमा परीक्षा फारामसंगै संलग्न गर्नुपर्ने छ । अन्यथा परीक्षा फाराम स्विकृत नहुने व्यहोरा पनि सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

 

विलम्ब शुल्क : फाराम भर्ने म्याद सकिएको २ दिनसम्म प्रति विद्यार्थी प्रति सत्र रु.२००।–, दोश्रो २ दिनसम्म प्रति विद्यार्थी प्रति सत्र रु.४००।– र त्यसपछिको २ दिनसम्म अन्तिम पटक प्रति विद्यार्थी प्रति सत्र रु.१,०००।– रहेको व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गराइन्छ ।

 

 

              क्याम्पस प्रमुख

 

Attachments

11/26/2019
SN. Name Download