वि.वि.एस. तह चौथो वर्षको परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फाराम भर्ने सूचना

२०७६।०८।०९

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७६।०८।०९ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार त्रि.वि.को वार्षिक प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने वि.वि.एस. तह चौंथो वर्षको परीक्षा दिने यस क्याम्पसका वि.वि.एस. तह चौंथो वर्षका नियमित पूरा तथा आंशिक परीक्षार्थीहरूले मिति २०७६ साल मंसिर ११ गतेदेखि पौष १० गतेसम्म नियमित शुल्कमा र म्याद सकिएको एक हप्ताभित्र (मिति २०७६ पौष १७ गतेभित्र) दोब्बर दस्तुरमा परीक्षा आवेदन फाराम भरी दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी–काउण्टरमा आवश्यक परीक्षा शुल्क (यस क्याम्पसको आर्थिक प्रशासन शाखाबाट परीक्षा शुल्क सम्बन्धी प्रकाशित सूचना अनुसार) सहित फाराम बुझाउन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

 

परीक्षा फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु : 

१) परीक्षा आवेदन फाराम स्वयं विद्यार्थीले भरी सबै प्रकृया पु¥याई आफैंले बुझाउनु पर्नेछ । 

२) वि.वि.एस. चौथो वर्षको परीक्षामा सम्मिलित हुन तेश्रो वर्षको परीक्षामा सम्मिलित भएको वा परीक्षा आवेदन फाराम भरेको हुनुपर्नेछ ।

३) त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फाराममा अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ र त्रि.वि. रजिष्ट्रेशनमा उल्लेख गरेको जन्म मिति, बाबुको नाम, थर आदि फरक नगरी उल्लेख गर्नुपर्नेछ ।

४) परीक्षा आवेदन फाराममा क्याम्पसले तोकेको विषयहरूमात्र भर्नुपर्नेछ र परीक्षा पनि सोही अनुसार दिनुपर्नेछ । यसमा अन्यथा हुन गई परीक्षा रद्द भएमा वा ट्रान्सक्रिप्ट लिनबाट बञ्चित भएमा परीक्षार्थी स्वयं जिम्मेवार हुनुपर्नेछ ।

५) परीक्षा आवेदन फाराम भर्दा फारामको माथि र प्रवेश पत्रको माथि नियमित परीक्षार्थीले प्रथम वर्षमा कायम भएको परीक्षा परीक्षा रोल नं. र आंशिक परीक्षार्थीले चौंथो वर्षमा कायम भएको पछिल्लो रोल नं. अनिवार्य उल्लेख गर्नुपर्नेछ र रुजुको लागि लब्धांक पत्र अनिवार्य ल्याउनुपर्नेछ ।

६) परीक्षा फाराममा तोकिए बमोजिमको पासपोर्ट साइजको फोटो २ प्रति टाँस्नु पर्नेछ । 

७) परीक्षा संचालन अवधिसम्म प्रवेश पत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ ।

 

            क्याम्पस प्रमुख

Attachments

11/25/2019
SN. Name Download