वि.वि.एस. प्रथम वर्ष २०७६ समूहमा भर्नाको लागि आवेदन फाराम भर्ने वारेको सूचना

२०७६।०५।०४

 

त्रि.वि.को वार्षिक प्रणाली अनुरुप शैक्षिक वर्ष २०७६/०७७ अन्तर्गत यस क्याम्पसमा चार वर्षे वि.वि.एस. प्रथम वर्षमा भर्ना हुन इच्छुक त्रि.वि. वा त्रि.वि.बाट मान्यता प्राप्त विश्वविद्यालय/वोर्डबाट प्रविणता प्रमाण पत्र, +२ वा समकक्ष उतिर्ण गरेका विद्यार्थीहरूबाट क्याम्पसको नियम अनुसार भर्ना आवेदन आव्हान गरिएको छ । उक्त तहमा भर्नाको लागि निम्नलिखित कार्यतालिका समेत प्रकाशित गरिएको छ ।

 

१. आवेदन फाराम वितरण : २०७६ भाद्र ५ गतेदेखि ।   

२. आवेदन फाराम बुझाउने तथा भर्ना हुने अन्तिम मिति : २०७६ आश्विन ५ गतेसम्म ।

३. कक्षा संचालन सुरु : २०७६ आश्विन ६ गतेदेखि ।

४. परीक्षा फाराम भर्ने : २०७६ चैत्र मसान्तसम्म ।

५. कक्षा संचालन समाप्त हुने : २०७७ जेठ मसान्तसम्म ।

६. परीक्षा संचालन हुने : २०७७ असार ।

  • त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, कीर्तिपुरद्वारा वि.वि.एस. तहमा भर्ना हुनको लागि न्यूनतम योग्यताको सूचना अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट 10+2 वा सो सरह उतिर्ण भएको अथवा 10+2 वा सो सरहमा प्रत्येक विषयमा न्यूनतम डी प्लस (D+) ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । ग्रेडिंङ्ग प्रणाली भन्दा फरक 10+2 र प्रमाण पत्र तह उत्तिर्ण विद्यार्थीहरुको लागि पुरानै व्यवस्था अनुसार भर्ना लिइनेछ ।
  • भर्ना हुने विद्यार्थीहरूले त्रि.वि. भन्दा बाहिर विश्वविद्यालयबाट प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको भए TU Registration Application Form भर्ना आवेदनसंगै छुट्टै भरी मिति २०७६ साल माघ मसान्तसम्म अनिवार्य रूपमा बुझाउनुपर्नेछ । त्रि.वि. नाम दर्ता आवेदन फारामसाथ SLC देखि +2 सम्मको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण–पत्रहरूको फोटोकपी १/१ प्रति, +2 को Original Migration Certificate र Provisional Certificate को फोटोकपी अनिवार्य पेश गरेको हुनुपर्नेछ ।
  • आवेदन फारामसाथ आफूले उत्तीर्ण गरेको तहका सम्पूर्ण प्रमाण–पत्रहरूको प्रमाणित प्रतिलिपी बुझाउनु पर्नेछ । आवेदन फाराममा हालसालै खिचेको ४ प्रति फोटो टाँस गर्नुपर्नेछ ।
  • वि.वि.एस. तहका चारै वर्ष (प्रथम, दोश्रो, तेश्रो र चौंथो) का कक्षाहरू दिवा समूहमा मात्र संचालन हुनेछन् ।
  • भर्ना आवेदन फाराम क्याम्पसको फि काउण्टरबाट रु. २००।– तिरी प्राप्त गर्न सकिने छ ।
  • आवेदन फाराम क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट दिनको ११ः०० बजेदेखि २ः०० बजे भित्र रुजु गराई फि– काउण्टरमा बुझाउनु पर्नेछ । रुजु गराउँदा प्रमाण पत्रहरुको सक्कल प्रति अनिवार्य ल्याउनु पर्नेछ । भर्ना शुल्क तथा अन्य शुल्कहरू यस क्याम्पसको लेखा शाखाबाट प्रकाशित सूचना अनुसार हुनेछ ।

      

क्याम्पस प्रमुख

Attachments

08/21/2019
SN. Name Download