वि.वि.एस. चौंथो वर्षको Final Project Work बुझाउने सम्बन्धी सूचना

२०७६।०१।१२

 

उपरोक्त सम्बन्धमा यस क्याम्पसका वि.वि.एस. चौंथो वर्ष २०७६ सालको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरूले Final Project Work यहि मिति २०७६ बैशाख ३१ गतेभित्र निम्नानुसार प्रक्रिया पुर्याई  शैक्षिक प्रशासन शाखामा बुझाई सक्नुपर्ने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गराइन्छ । 
१)    Final Project Work बुझाउँदा Supervisor's Recommendation र Endorsement क्याम्पसको Letter Head मा बनाउनु पर्नेछ । उक्त Letter Head यस क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । 
२)   Final Project Work को Supervisor's Recommendation मा Supervisor को हस्ताक्षर र Endorsement मा Campus Chief र Research Department Head को हस्ताक्षर अनिवार्य हुनु पर्नेछ ।
३)   Final Project Work ३ (तीन) कपी बुझाउनु पर्ने छ ।
४)   Final Project Work को Topic पहिले बुझाएको Project Work Proposal संग मेल नखाएमा स्वीकृत गरिने छैन ।
५)   Final Project Work को VIVA (मौखिक प्रस्तुति) मा विद्यार्थीहरू अनिवार्य रूपमा उपस्थित हुनु पर्नेछ । VIVA लिइने मिति पछि प्रकाशित गरिने छ ।
६)   Final Project Work को Title Page मा चौथो वर्षको परीक्षा रोल नं. (Symbol No.), समूह (Group) र Proposal दर्ता नं. स्पष्ट उल्लेख गर्नुपर्ने छ ।


   
       सहायक क्याम्पस प्रमुख
 

Attachments

04/25/2019
SN. Name Download