MBS 1st year Back Exam Form Submission Notice

२०७५।१२।१७

एम.वि.एस. प्रथम वर्ष २०७५ सालको आंशिक परीक्षा आवेदन फाराम भर्ने बारे सूचना

त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा मिति २०७५।१२।१७ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७५ सालको वार्षिक परीक्षा प्रणाली अनुसार संचालन हुने एम.वि.एस. तह प्रथम वर्षको आंशिक परीक्षा दिने यस क्याम्पसका परीक्षार्थीहरूले २०७६ साल बैशाख १६ गतेसम्ममा परीक्षा आवेदन फाराम भरी शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा विहान ०७ः३० बजेदेखि १०ः०० बजेभित्र र साँझ समूहका परीक्षार्थीहरूले साँझ ५ः०० बजेदेखि ६ः०० बजेभित्र परीक्षा फाराम बुझाईसक्नुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ ।  

परीक्षा फाराम बुझाउँदा ध्यान दिनुपर्ने कुराहरू :

१)    परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरी सबै प्रकृया पु¥याई आफैंले बुझाउनुपर्नेछ ।
२)    परीक्षा आवेदन फाराममा त्रि.वि. दर्ता नं. अनिवार्य रुपले उल्लेख गर्नुपर्नेछ । त्रि.वि. नाम दर्ता गर्न वांकी भएका विद्यार्थीहरूले त्रि.वि.दर्ताको लागि नियमानुसार छुट्टै फाराम भर्नुपर्नेछ ।
३)    परीक्षा फाराममा हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो टांस गर्नु पर्नेछ । प्रवेश पत्र प्रतिलिपि लिनुपरेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै प्रयोग गर्नुपर्नेछ ।
४)    परीक्षार्थीले गत सालको सोही खण्डको परीक्षा दिएको रोल नं. र वर्ष परीक्षा आवेदन फारामको शिरमा वा निर्दिष्ट स्थानमा अनिवार्य रुपमा उल्लेख गनुपर्नेछ र रुजुको लागि अनिवार्य रुपमा लव्धाङ्कपत्र ल्याउनुपर्नेछ । 
५)    एम.वि.एस. तहमा २०६९ सालमा भर्ना भई २०७० मा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएकाहरूका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ । 

पुनश्चः    उल्लेखित म्यादसम्ममा परीक्षा फाराम बुझाउन नसकेका परीक्षार्थीहरूले मिति २०७६ साल बैशाख २३ गतेसम्म मात्र दोब्बर दस्तुर तिरी छुट परीक्षा फाराम बुझाउन सकिने व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गराइन्छ ।


                                              
                                                                     क्याम्पस प्रमुख
 

Attachments

03/31/2019
SN. Name Download