एम.वि.एस. कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्गत २०७५।०७६ को प्रथम सेमेष्टरमा भर्ना हुने वारे सूचना  

२०७५।१०।२४

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयद्वारा मिति २०७५।१०।१९ गते लिइएको एम.वि.एस. कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्गतको Admission Test (MBS-AT 2019) मा उत्तीर्ण भई यस क्याम्पसमा शैक्षिक वर्ष २०७५।०७६ को लागि एम.वि.एस. तह प्रथम सेमेष्टरमा भर्ना हुन चाहने इच्छुक विद्यार्थीहरूले यस क्याम्पसस्थित Global IME Bank को Extension Counter मा रु.३००।– तिरी भर्ना आवेदन फाराम फी काउण्टरबाट प्राप्त गरी मिति २०७५ माघ २८ गतेदेखि फाल्गुन ३ गतेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई प्रथम सेमेष्टरको एकमुष्ट शुल्क रु. १४,५२०।– (डीनको कार्यालयबाट लिइने परीक्षाको परीक्षा शुल्क बाहेक) Global IME Bank को Extension Counter  मा यस क्याम्पसको खाता नं. A401010000193 मा जम्मा गरी सोको सक्कल भौचरसहित भर्ना आवेदन फाराम फी काउण्टरमा बुझाई भर्ना हुन यो सूचना प्रकाशित गरिएको छ ।

  •     पुनश्चः यस क्याम्पसमा प्रातः समूहमा स्थान अभावको कारणले भर्ना तथा कक्षा संचालनको लागि निम्नानुसारको व्यवस्था गरिएको छ :

१.    प्रातः समूहमा भर्ना हुन चाहने विद्यार्थीहरुले MBS-AT 2019 मा कम्तीमा ५५ अंक प्राप्त गरेको हुनुपर्नेछ ।
२.    साँझ समूहमा भर्ना हुन चाहने विद्यार्थीहरुले MBS-AT 2019 उत्तीर्ण भएको हुनुपर्नेछ ।
३.    प्रातः समूहमा भर्ना हुने विद्यार्थीहरुको हकमा सुरुको कक्षा संचालन साँझ समूहमा हुने र २०७६ साल बैशाख महिनाबाट मात्र प्रातः समूहमा कक्षा स्थानान्तरण गरी संचालन गरिनेछ ।

  • फाराम रुजु गराउँदा पेश गर्नुपर्ने कागजातहरू :

१)    त्रि.वि.तथा त्रि.वि.बाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको फोटोकपी १/१ प्रति । 
२)    Admission Test (MBS-AT 2019) Score Sheet को फोटोकपी १ प्रति ।
३)    विदेशी विश्वविद्यालयबाट उक्त तह उत्तीर्ण गरेका आवेदकहरुले एस.एल.सी. तह देखिका सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरु समेत रुजु गराउनु पर्नेछ । 
४)    हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ४ प्रति । 

फाराम लिने, रुजु गराउने तथा भर्ना हुने समय : विहान ७ः३० बजेदेखि ११ः०० बजेसम्म । 
                                                                साँझ : ४ः०० बजेदेखि ६ः०० बजेसम्म ।     
कक्षा संचालन सुरु : मिति २०७५ साल फाल्गुन २१ गतेदेखि ।

                                               
                                                                                                                                                                        क्याम्पस प्रमुख
 

Attachments

02/07/2019
SN. Name Download