एम.वि.एस. दोश्रो वर्षकोे परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरूलाई विशेष सूचना

२०७५।०८।२०

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७५।०८।२० गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार मिति २०७५।१०।२० गतेदेखि सञ्चालन हुने २०७५ सालको एम.वि.एस. दोश्रो वर्षको आंशिक परीक्षाको परीक्षा आवेदन फाराम भर्न छुटेका यस क्याम्पसका परीक्षार्थीहरूले मिति २०७५।०९।३० गतेसम्ममा परीक्षा आवेदन फाराम भरी प्रातः समूहका विद्यार्थीहरूले विहान ७ः०० बजेदेखि १०ः०० बजेभित्र र साँझ समूहका विद्यार्थीहरूले साँझ ४ः०० बजेदेखि ५ः०० बजेभित्र यस क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा दोब्बर दस्तुर सहित बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 


   
                                                
                                           क्याम्पस प्रमुख