२०७८।०१।०८

 

त्रि.वि. रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाद्वारा मिति २०७८।०१।०७ गते प्रकाशित सूचना अनुसार कोभिड १९ अति प्रभावित जिल्लाहरूमा सैद्धान्तिक कक्षाहरू अनलाइन माध्यमबाट संचालन गर्न/गराउन निर्देशन भए बमोजिम यस क्याम्पसका विभिन्न तहका विद्यार्थीहरूको भौतिक उपस्थितिमा संचालन भईरहेका तथा हुन गईरहेका सम्पूर्ण तहका सैद्धान्तिक कक्षाहरूको पठन–पाठन अनलाइन माध्यमबाट कक्षा संचालन हुने सूचना नहुन्जेलसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । साथै अनलाइन माध्यमबाट कक्षा संचालन सम्बन्धी सूचनाहरू क्याम्पसको वेभसाइट www.shankerdevcampus.edu.np मा राखिने पनि यसै सूचनाद्वारा जानकारी गराइन्छ । 

वि.वि.एस. प्रथम वर्ष र चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले त्रि.वि.वि. बाट उपलब्ध गराउने MS Teams User ID र Password प्राप्त गर्नका लागि निम्नानुसारको आ–आफ्नो विवरण अनिवार्य भरी वि.वि.एस. प्रथम वर्षका विद्यार्थीहरूले sdcbbs2077@gmail.com मा र वि.वि.एस. चौंथो वर्षका विद्यार्थीहरूले sdcbbs2074@gmail.com मा पठाउनु पर्ने छ ।

 

Student Name:

Phone No.:

Email ID:

Campus Roll No.:

Year (First / Fourth):

Batch:

Specialization Only for BBS 4th year (Account / Finance / Marketing) :

 

  •  पुनश्चः क्याम्पस हाताभित्र प्रवेश गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नु पर्ने छ । 

 

क्याम्पस प्रमुख