२०७७।०९।१९

 

यस क्याम्पसको वि.वि.एस. तह चौंथो  वर्ष, २०७३ समुहका विद्यार्थीहरूबाट निःशुल्क छात्रवृत्तिको लागि आवेदन फाराम पुस्तकालय शाखास्थित फोटोकपीबाट खरीद गरी नियमानुसार भरी निम्न मिति र समयमा बुझाउन यो सूचना प्रकाशित गरिएको छ । 

आवेदन फाराम बुझाउने मिति : २०७७ साल पुस २२ गतेदेखि माघ ०७ गतेसम्म ।

आवेदन फाराम बुझाउने समय तथा स्थान : दिनको ११ः०० बजे देखि २ः०० बजे भित्र, शैक्षिक प्रशासन शाखामा ।

 

निःशुल्क छात्रवृत्ति फाराममा संलग्न गर्नुपर्ने :

१) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ।

२) नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी १ प्रति ।

३) वि.वि.एस. चौथो वर्षको भर्ना रसिदको फोटोकपी १ प्रति ।

४) विद्यार्थी परिचय पत्रको फोटोकपी १ प्रति । 

५) वि.वि.एस तेश्रो वर्षको लब्धांक पत्रको फोटोकपी १ प्रति ।

६) प्रमाण पत्र तह वा सो सरहको चारित्रिक प्रमाण पत्रको फोटोकपी १ प्रति र एस.एल.सी. वा सो सरहको चारित्रिक प्रमाण पत्रको फोटोकपी १ प्रति अनिवार्य पेश गर्नु पर्नेछ ।

७) दुर्गम/दलित/आदिवासी/जनजाती विद्यार्थीहरुले सम्बन्धित कार्यालयबाट दुर्गम/दलित/आदिवासी/जनजातीको प्रमाण पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।

 

पुनश्चः 

१। माथि उल्लेखित संलग्न कागजात अनुसार प्रत्येक बुँदामा ( चिन्ह लगाएर मात्र फाराम बुझाउनु पर्नेछ ।

२। उपरोक्त अनुसारको निशुल्क छात्रवृत्तिको अन्तरवार्ताको समय तथा विस्तृत जानकारीको सूचना पछि प्रकाशित गरिनेछ । 

 

        क्याम्पस प्रमुख