२०७७।०९।०९


 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७७।०९।०९ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७६ सालको एम.वि.एस. प्रथम वर्षको मौका समेत परीक्षाको परीक्षा दिने परीक्षार्थीहरूको हकमा २०६२ सालमा प्रथम वर्षमा भर्ना भई २०६३ सालमा पहिलो पटक प्रथम वर्ष परीक्षा दिई ६ वर्ष नाघेर उत्तीर्ण हुन नसकेका यस क्याम्पसका परीक्षार्थीहरूलाई २०७६ सालमा अन्तिम पटकका लागि परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरूले मिति २०७७ साल पुस २४ गतेसम्ममा परीक्षा आवेदन फाराम भरी दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई दोब्बर परीक्षा दस्तुरसहित आर्थिक प्रशासन शाखाको फी–काउण्टरमा बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

 

        क्याम्पस प्रमुख