२०७६।०१।११
                                                                                                                                                                   सूचना

नेपालमा वाणिज्य/व्यवस्थापन शिक्षाको विकास तथा प्रवद्र्घनमा शंकर देव क्याम्पसको अग्रणी भूमिका रहेको सर्वविदितै छ । प्रातः दिवा तथा साँझ समूहमा MBS, MBM, BBS, BBA, BIM तथा BBA-Finance जस्ता शैक्षिक कार्यक्रमहरू संचालन हुँदै आएको यस क्याम्पसमा ९,००० (नौ हजार) भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । स्तरीय पठन–पाठन तथा परीक्षाको उत्कृष्ट नतिजाको कारण यो क्याम्पस सतहत्तरै जिल्लाका विद्यार्थीहरूको आकर्षणको केन्द्र विन्दु बन्न पुग्नु स्वभाविकै हो । यसरी विद्यार्थीहरूको चापको मौका छोपी बाहिरी उच्श्रृङखल व्यक्तिहरू प्रवेश गरी क्याम्पस प्राङ्गण भित्रका शौचालयहरू तोडफोड गर्ने, जथाभावी तरिकाले अश्लील शब्द बोल्ने र सिधा–साधा विद्यार्थीहरूलाई तर्साउने जस्ता कृयाकलापहरू हुन थालेकाले उक्त कार्यलाई निषेध गर्ने उद्देश्यले यस क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारी र यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले मिति २०७६।०१।१५ गतेदेखि अनिवार्यरुपमा आ–आफ्नो परिचय–पत्र साथमा लिई क्याम्पस प्राङ्गणभित्र प्रवेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै यस कार्यमा सहयोग गर्नका लागि सम्पूर्ण पक्ष (प्राध्यापक संघ, कर्मचारी संघ तथा विभिन्न विद्यार्थी संघ संगठन) लाई हार्दिक अनुरोध गर्दछु ।


क्याम्पस प्रमुख