२०७४।१२।७

सूचना

नेपालमा वाणिज्य÷व्यवस्थापन शिक्षाको विकास तथा प्रवद्र्घनमा शंकर देव क्याम्पसको अग्रणी भूमिका रहेको सर्वविदितै छ । प्रातः, दिवा तथा साँझ समूहमा MBS, MBM, BBS, BBA, BIM, BBM जस्ता शैक्षिक कार्यक्रमहरु संचालन हँुदै आएको यस क्याम्पसमा करिव ८५०० (आठ हजार पाँच सय) विद्यार्थीहरु अध्ययनरत छन् । स्तरीय पठन–पाठन तथा परीक्षाको उत्कृष्ट नतिजा, सार्वजनिक यातायातको सहजता, मुख्य शैक्षिक संस्थाहरु  नेपाल ल क्याम्पस, आर.आर क्याम्पस, त्रिचन्द्र क्याम्पस आदि) को केन्द्र, विदेश पढ्न पठाउने कन्सलटेन्सीहरुको कार्यालय यस क्याम्पसको आसपास रहेकोले यो क्याम्पस पचहत्तरै जिल्लाको विद्यार्थीहरुको आकर्षणको केन्द्रविन्दु बन्न पुग्नु स्वभाविकै हो । साथै मिति २०७२ साल वैशाख १२, १३ र २९ गते गएको अकल्पनीय विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भवनहरुको पुर्नःनिर्माण भईरहेको हुनाले यस क्याम्पसमा भवन बनाउने ज्यामी समेत रहेकोले विहान देखि बेलुकी सम्म भिड–भाड रहने हुनाले यस क्याम्पसमा परिचय पत्र चेक गर्न असम्भव रहेको मौका छोपी बाहिरी उत्श्रृंखल व्यक्तिहरु प्रवेश गरी क्याम्पस प्राङ्गगण भित्र चुरोट, गाँजा, ड्रग्स जस्ता नसालु पदार्थ सेवन गरी  विद्यार्थीहरुसँग झैझगडा गर्ने जस्ता क्रियाकलापहरु बढ्दै गएको पाइएकोले अब उपरान्त यस्ता क्रियाकलापहरु तुरुन्त बन्द गर्न यो सूचना प्रकाशित गरिएको छ ।


      यदि यस्ता क्रियाकलापहरु कुनै व्यक्ति वा समूहबाट हुन गएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत जानाकारी गराउँदछु । साथै कुनै विद्यार्थी संगठनले विद्यार्थीसँग सम्बन्धित कुनै वैठक, छलफल इत्यादी गर्नु परेमा क्याम्पस प्रशासनलाई जानाकारी गराउनु पर्नेछ अन्यथा क्याम्पस प्रशासन जवाफदेही हुने छैन ।

                                    
(कृष्ण प्रसाद आचार्य)
क्याम्पस प्रमुख
 

Attachments

03/21/2018
SN. Name Download }}
1 NTC.jpg