२०७४।३।८
सूचना
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको यस क्याम्पसले प्रदान गरेको शिक्षा गुणस्तरिय तथा अन्तराष्ट्रिय स्तरको कायम राख्नको लागी चाहिने जनशक्ति, पूर्वाधार इत्यादीको मापदण्ड अनुसार विश्वविद्यालय अनुदान आयोग बाट Quality Assurance and Accreditation (QAA) स्विकृत गर्ने हुनाले सो सम्बन्धि चाहिने मापदण्डको बारेमा  विस्तृत जानकारी हासिल गर्न आवश्यक भएकोले मिति २०७४।३।१२ गते सोमबारका दिन QAA सम्बन्धि एक दिने कार्यशाला गोष्ठी राखिएकोले उक्त दिन सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुलाई अनिवार्य सहभागी हुनुभई सहयोग गरीदिनुहुन अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ ।
समय : विहान ८.०० बजे  
स्थान : सिद्धार्थ कटेज, धोविघाट, ललितपुर । 
                                                  
   
             क्याम्पस प्रमुख