२०७४।०२।१२

एम.वि.एस. कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्गत २०७३।०७४ को प्रथम सेमेष्टरमा भर्ना हुने वारे सूचना  

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयद्वारा मिति २०७४।०१।०९ गते लिइएको एम.वि.एस. कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्गतको Admission Test मा उत्तीर्ण भई यस क्याम्पसमा शैक्षिक वर्ष २०७३।०७४ को लागि एम.वि.एस. तह प्रथम सेमेष्टरमा भर्ना हुन चाहने इच्छुक विद्यार्थीहरूले यस क्याम्पसको फी काउण्टरबाट रु.२००।– तिरी भर्ना आवेदन फाराम प्राप्त गरी मिति २०७४ असार ०७ गते भित्र क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट रुजु गराई कुमारी बैंक लि., पुतलीसडक शाखास्थित यस क्याम्पसको खाता नं. C7889 मा भर्ना शुल्क रु. १२,०००।– (अक्षरुपी बाह्र हजार रुपैंया मात्र) बुझाई सोको भौचरसहित यसै क्याम्पसको फी काउण्टरमा उक्त भर्ना आवेदन फाराम बुझाई भर्ना हुन यो सूचना प्रकाशित गरिएको छ । 

फाराम रुजु गराउँदा पेश गर्नुपर्ने कागजातहरू:

१.त्रि.वि.तथा त्रि.वि.बाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको फोटोकपी १/१ प्रति । 

२.  MBS Admission Test Score Sheet १ प्रति ।

३.विदेशी विश्वविद्यालयबाट उक्त तह उत्तीर्ण गरेका आवेदकहरुले एस.एल.सी. तह देखिका  सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरु समेत रुजु गराउनु पर्नेछ । 

४.हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ४ प्रति । 

फाराम लिने, रुजु गराउने तथा भर्ना हुने समय : विहान ७ः३० बजेदेखि ११ः३० बजेसम्म । 

कक्षा संचालन सुरु : मिति २०७४ साल आषाढ ११ गतेदेखि

 

                                क्याम्पस प्रमुख