२०७३।१२।३०


३ वर्षे वि.वि.एस. तह दोश्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूलाई परीक्षा आवेदन फाराम भर्ने सूचना

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७३।१२।३० गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार यस क्याम्पसमा २०५८ सालमा वि.वि.एस. तह प्रथम वर्षमा भर्ना भई २०५९ सालमा प्रथम वर्षको पहिलो पटक परीक्षा दिई ७ वर्ष नाघी उत्तीर्ण हुन नसकेका ३ वर्षे वि.वि.एस. तह दोश्रो वर्षका परीक्षार्थीहरूले २०७४ सालमा लिइने अन्तिम पटकको मौका परीक्षाको लागि मिति २०७४ साल जेठ ०४ गतेसम्ममा परीक्षा आवेदन फाराम भरी दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक परीक्षा शुल्क सहित बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

परीक्षा फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु ः 

1    परीक्षा आवेदन फाराम स्वयं विद्यार्थीले भरी सबै प्रकृया पुयाई आफैंले बुझाउनु पर्नेछ ।
2    परीक्षा फाराममा तोकिए बमोजिमको पासपोर्ट साइजको फोटो २ प्रति टाँस्नु पर्नेछ । प्रवेश पत्र प्रतिलिपी लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नु पर्नेछ ।
3    त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फाराममा अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ र त्रि.वि. रजिष्ट्रेशनमा उल्लेख गरेको जन्म मिति, बाबुको नाम, थर आदि फरक नगरी उल्लेख गर्नुपर्नेछ ।
4    परीक्षार्थीहरूले वि.वि.एस. दोश्रो वर्ष अन्तिम पटक दिएको परीक्षाको लव्धांक पत्र रुजुको लागि अनिवार्य ल्याउनु पर्नेछ र परीक्षा रोल नं. र परीक्षा वर्ष आवेदन फारामको अगाडी शिरमा वा फाराम पछाडि निर्दिष्ट स्थानमा अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ ।

  • पुनश्चः  उल्लेखित म्यादसम्ममा परीक्षा आवेदन फाराम बुझाउन नसकेका परीक्षार्थीहरूले मिति २०७४ साल जेठ ११ गते भित्र दोब्बर दस्तुर सहित छुट परीक्षा आवेदन फाराम बुझाउन सकिने व्यहोरा पनि यसै सूचनाद्वारा जानकारी गराइन्छ । 


                                                
                                    क्याम्पस प्रमुख