२०७३।१२।३०


३ वर्षे/४ वर्षे वि.वि.एस. दोश्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७३।१२।३० गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७४ सालको वार्षिक परीक्षा प्रणाली अनुसार ३ वर्षे र ४ वर्षे वि.वि.एस. तह दोश्रो वर्षको नियमित पुरा तथा आंशिक परीक्षा दिने यस क्याम्पसका परीक्षार्थीहरूले मिति २०७४ साल जेठ ०४ गतेसम्ममा परीक्षा आवेदन फाराम भरी विहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक परीक्षा शुल्क सहित बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

परीक्षा फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरू ः 

1   परीक्षा आवेदन फाराम स्वयं विद्यार्थीले भरी सबै प्रकृया पुयाई आफैंले बुझाउनु पर्नेछ ।
2  परीक्षा फाराममा तोकिए बमोजिम पासपोर्ट साइजको फोटो २ प्रति टाँस्नुपर्नेछ । प्रवेश पत्र प्रतिलिपी लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नु पर्नेछ ।
3   वि.वि.एस. दोश्रो वर्षको नियमित परीक्षा आवेदन फाराम भर्ने परीक्षार्थीहरूले गत वर्ष प्रथम वर्षको परीक्षामा सम्मिलित भएको वा आवेदन फाराम भरेको हुनुपर्नेछ र उक्त परीक्षाको परीक्षा रोल नं. र परीक्षा वर्ष आवेदन फारामको अगाडी शिरमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
4    आंशिक परीक्षा दिने परीक्षार्थीहरूले अघिल्लो वर्षको लव्धांक पत्र रुजुको लागि अनिवार्य ल्याउनु पर्नेछ र परीक्षा रोल नं. र परीक्षा वर्ष आवेदन फारामको अगाडी शिरमा वा फाराम पछाडि निर्दिष्ट स्थानमा अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ ।

5   त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फाराममा अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ र त्रि.वि. रजिष्ट्रेशनमा उल्लेख गरेको जन्म मिति, बाबुको नाम, थर आदि फरक नगरी उल्लेख गर्नुपर्नेछ ।

6    २०६८ सालमा प्रथम पटक वि.वि.एस. दोश्रो वर्षको परीक्षा आवेदन फाराम भरेका वा परीक्षा दिनेहरूको लागि यो अन्तिम पटकको परीक्षा हुनेछ । 

पुनश्चः  माथि उल्लेखित म्यादसम्ममा परीक्षा आवेदन फाराम बुझाउन नसकेका परीक्षार्थीहरूले मिति २०७३ साल जेठ ११ गतेसम्म मात्र दोब्बर दस्तुर तिरी छुट परीक्षा आवेदन फाराम बुझाउनसक्ने व्यहोरा पनि यसै सूचनाद्वारा जानकारी गराइन्छ । 


                                                    क्याम्पस प्रमुख